04:20:00 NST
नेपाल शान्ति एबं बिकास केन्द्र

नेपाल शान्ति एबं बिकास केन्द्र कल्याणपुरद्वारा सञ्चालित नुवाकोट एफएमले २०६५असोज  २० गतेबाट परीक्षण प्रसारण गरी २०६५ माघ  २१ गतेबाट औपचारिक प्रसारण सुरू गरेको हो ।जिल्ला प्रशासन नुवाकोटंमा दर्ता नं. १/६४/०६५ रहेको नुवाकोटको नामबाट राष्ट्रिय प्रसारण ऐन २०५२ अनुसार नुवाकोट एफएमले सरकारबाट एफ.एफ. रेडियो प्रसारण इजाजत–पत्र नं ३२१/०६४/०६५ प्राप्त गरेको थियो । जनआन्दोलन २०६२/०६३ मा नेपालका स्वतन्त्र रेडियोहरूले खेलेको भूमिकाबाट पे्ररित भई समुदायको सशक्तीकरण र विकासमा सहयोग पु¥याउने उद्देश्यले नुवाकोट एफएम स्थापना भएको हो । समुदायमा रहेको सीप, शक्ति र ऊर्जालाई नयाँ नेपाल निर्माणमा प्रयोग गर्न सकिन्छ भन्ने विश्वास नुवाकोट एफएमसँग छ । हाम्रो देशको अवस्था अनुरूप सूचना, शिक्षा, सीप र ज्ञान सबैमा सजिलै पु¥याउन सक्ने लोकप्रिय माध्यम रेडियो हो । रेडियोको शक्तिलाई राज्यको मूलधारमा नसमेटिएका दुर्गम र आर्थिक अवसरबाट वञ्चित समुदायको हितमा प्रयोग गरी सामाजिक रूपान्तरमा सहयोग पु¥याउन सकिन्छ । यही मान्यतालाई आत्मसात गर्दै ‘शान्ति बिकास र न्यायको लागी संचार’का लागि रेडियो नुवाकोट एफएमल  सञ्चालन गरिएको हो ।रेडियोलाई सामान्य मनोरञ्जनको साधन बनाउने वा विज्ञापन प्रसारण गरेर पैसा कमाउने भन्दा फरक यसले सामाजिक उत्तरदायित्व र कर्तव्य पनि लिएको छ । नुवाकोट एफएमले  समावेशी विचार र संस्कृतिको प्रवद्र्धन गर्ने स्टेसन हो । नुवाकोट एफएमले मूलतः जिल्लाभर र आसपासका छिमेकी जिल्लालाई लक्षित गरेर समाचार र कार्यक्रमहरू तयार गरे पनि धादिङ ,रसुवा जिल्लामा यसको प्रसारण पहुँच रहेको छ । 


Time: -
कार्यक्रम तालिका
समाचार
Advertisement