गत चैत्र २१ गते देखि २९ गते सम्म उत्तरगयाधामको वृहत विकासका लागि भएको श्रीमदभागवत नवाहाको हिसाव आज सार्वजनिक, १ करोड भन्दा बढिको कारोवार, पत्रकारहरुको समस्याको लागी देशभरका पत्रकारहरु एकजुट हुनुको विकल्प नभएको केसीको भनाइ, प्रेस युनीयनको वाग्मति अञ्चल क्षेत्रीय भेला आज विदुरमा सम्पन्न, बिदुर नगरपालिका वडा नम्बर ९ कोलनीको थ्रि डि युवा क्लबमा हिजो रक्तदान कार्यक्रम सम्पन्न लोकसेवा आयोग परीक्षामा महिला सहभागिता बढाउन मद्दत पु¥याउने उद्देश्यले गत चैत २३ गतेदेखी सुरु भएको लोकसेवा तयारी कक्षा हिजो सम्पन्न नुवाकोटको विभिन्न सामुदायिक अध्ययन केन्द्रका पदाधिकारीहरुका लागि पाँच दिने प्रशिक्षण शुरु नेपाल रेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको पद विभाजन
04:20:00 NST
समाचार
बैशाख ७, नुवाकोट गत चैत्र २१ गते देखि २९ गते सम्म नुवाकोट र रसुवा जिल्लाको संगमस्थालमा रहेको उत्तरगयाधामको वृहत विकासका लागि भएको श्रीमदभागवत नवाहाको हिसाव आज सार्वजनिक गरिएको छ । उत्तरगया क्षेत्र विकास समितिको प्रस्तावित गुरुयोजना अनुसार धाममा पूर्वाधारहरु निर्माण गर्नका लागि संगितमय र झाँकी सहित २९ गतेसम्म महायज्ञ सञ्चालन भएको महायज्ञमा युवासन्त स्वामी पण्डित विष्णु प्रपन्नाचार्य महाराजजीले प्रवचन दिनु भएको थियो । सो सप्ताह मा जिन्सी र रकम बोलकवोल ६० लाख २१ हजार ३ सय २१ रुपैया रकम उठेको उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिव शंकर डंगोलले बताउनु भयो । प्रत्रकार सम्मेलनमा १ करोड २९ लाख भन्दा बढी बरावरको रकम उठेको प्रचार तत्कालिन समयमा भएता हाल सम्म ३५ लाख १० हजार ७ सय ८७ रकम बचत भएको उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिव शंकर डंगोलले बताउनु भयो ।खर्च आम्दानी सार्वजनिक कार्यक्रममा उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिव शंकर डंगोलले यज्ञ स्थलमै आई दान गर्ने मध्ये झण्डै आधा पैसा उठाउन बाकी रहेको बताउनु भयो । सप्ताहको प्रचार प्रसार गरेको नुवाकोट र रसुवाका १ दर्जन प्रत्रकारलाई नगद सहित सम्मान गरिएको थियो ।रसुवा र नुवाकोट जिल्लाको संगमस्थल बेत्रावतीमा रहेको उत्तरगया धामलाई धार्मिक कोणबाट पनि महत्वपूर्ण मानिदै आएको छ । उत्तरगया रसुवाको लहरेपौवा गाउँ विकास समिति, नुवाकोटको तुप्चे र गेर्खु गाउँ विकास समिति हुँदै बग्ने वेत्रगंगा, रुद्रगंगा र त्रिशुलगंगाको त्रिवेणीधामको रुपमा समेत हिमदखण्डमा चर्चा गरिएको छ ।उत्तरगया धाम क्षेत्र भित्र मठ मन्दिर, गुफा, सत्तल, कुटी, झरना, तप्तकुण्ड, नमूना गोसाईकुण्ड, शिवलिङ्गेश्वर महादेवको नेपालकै अग्लो मन्दिर बनाइने योजना रहेको छ । ति योजना पुरा गर्नका लागि नुवाकोट तथा रसुवाका स्थानीयहरुको सक्रियतामा ज्ञान महायज्ञको आयोजना गरिएको थियो ।
बैशाख ७, नुवाकोट नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुननरसिंह केसीले पत्रकारहरुको समस्याको लागी देशभरका पत्रकारहरु एकजुट हुनुको विकल्प नभएको बताउनु भएको छ । हिजोविदुरमा नेपाल प्रेस युनीयनको वाग्मति अञ्चल क्षेत्रीय भेलालाइ सम्बोधन गर्दे उहाँले पत्रकारहरुको समस्यामा आफु सदैव लाग्ने प्रतिवद्धता जनाउनु भयो । पत्रकारहरुले सत्य तथ्य कुराहरुलाइ वाहिर ल्याउनको लागी संधै तगारुकताका साथ लाग्नु पर्नेमा जोड दिनु भयो । साथै उहाँले पत्रकारहरुले संधै आवाज विहिनहरुको आवाजलाइ प्रतिनिधित्व गर्न आग्रह गर्नुभयो । कुनै पार्टि र नेताले गल्ति गर्छ भने पत्रकारले ढाकछोप गर्न भन्दा पनि उसको गल्तीलाइ औल्याउने काम गर्नुपर्ने बताउनु भयो । प्रेस युनीयन वाग्मती अञ्चलका संयोजक होम शर्माको सभापतित्वमा समपन्न भेलामा नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधान सभा सदस्य जगदिश्वर नरसिंह केसी, प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत, वरिष्ठ पत्रकार हरिहर विरही, बाला अधिकारी, कविर राना, प्रेस युनीयनका केन्द्रीय अध्यक्ष किरण पोखरेल महाँसचिव शिव लम्साल, बुद्धिजीवी केदारनरसिंह केसी लगायतको उपस्थिती रहेको थियो ।
– बैशाख ६, नुवाकोट बिदुर नगरपालिका वडा नम्बर ९ कोलनीको थ्रि डि युवा क्लबमा हिजो रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्रिशुली ए जि चर्ज युवा सगंति नुवाकोट र त्रिशुली युवा केन्द्रको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला जनस्वास्थ्य कार्यलयको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गर्नुभएको थियो । जसमध्ये १३ जना महिला तथा ३४ जना पुरुषहरुले रक्तदान गर्नुभएर्को हिराजित सुनुवारले बताउनुभएको छ ।
– बैशाख ६, नुवाकोट लोकसेवा आयोग परीक्षामा महिला सहभागिता बढाउन मद्दत पु¥याउने उद्देश्यले गत चैत २३ गतेदेखी सुरु भएको लोकसेवा तयारी कक्षा हिजो सम्पन्न भएको छ । जिल्ला विकास समिति र महिला तथा बालबालिका कार्यालयले लोकसेवाको नायव सुब्बा र खरिदार पदको लागि प्रशिक्षण सञ्चालन गरेको हो । महिला, दलित, अपांग र पिछडिएको वर्गमा युवायुवतीलाई समेटेर सञ्चालन भएको तालीममा ९० जनाको सहभागीता रहेको थियो । त्रिशूलीमा सञ्चालन भएको तालीमको आज स्थानीय विकास अधिकारी गोपाल प्रसाद रेग्मीले समापन गर्नुभयो । तालीमको समापन गर्दे स्थानीय विकास अधिकारी रेग्मीले तालीममा सिकेका कुराहरुलाइ व्यवहारमा उतार्न सहभागीहरुलाइ आग्रह गर्नुभयो । तालिम १२ दिनसम्म सञ्चालन भएको हो । तालिममा सहभागीहरुलाई विषयगत विज्ञहरुमार्फत प्रशिक्षण दिएको थियो । तालीमको समापन समारोहमा महिला तथा बालबालिका कार्यलयका अधिकृत विद्या भटृचन जिल्ला विकास समितका कार्यक्रम अधिकृत पुस्कर शर्मा रीमाल लगायतको सहभागीता रहेको थियो । तालीमका सहभागीहरुलाइ फयुचर नेपाल एकेडेमी काठमाण्डौका खगेन्द्र तिमल्सिना लगायतले प्रशिक्षण दिनुभएको थियो ।
बैशाख ६, नुवाकोट नुवाकोटको विभिन्न सामुदायिक अध्ययन केन्द्रका पदाधिकारीहरुका लागि पाँच दिने प्रशिक्षण शुरु भएको छ । जिल्ला शिक्षा कार्यालय नुवाकोटको आयोजनामा शुक्रवारबाट सामुदायिक अध्ययन केन्द्र ब्यवस्थापन तालिम शुरु भएको हो । तालिम उद्घाटन कार्यक्रममा नुवाकोटका निमित्त जिल्ला शिक्षा अधिकारी धु्रव थापाले सामुदायिक अध्ययन केन्द्र समुदायसँग प्रत्यक्ष सम्बन्धित हुने भएकोले यसको ब्यवस्थापन महत्वपूर्ण रहेको वताउनुभयो । तालिमका सहभागीहरुले आफूले सिक्ने कुरालाई ब्यवहारमा उतार्नुपर्नेमा थापाले जोड दिनुभयो । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका कुमालप्रसाद तिमल्सिना, ध्रुवराज डोटेल लगायतले मन्तब्य राख्नुभएको थियो । जिल्लाका ४८ जना सामुदायिक अध्ययन केन्द्रका दुई÷दुई जना पदाधिकारी सहभागि तालिममा कार्यालयका वोधराज पाठक र नवराज नेपालले प्रशिक्षण दिईरहनुभएको छ ।
बैशाख ६, नुवाकोट नेपाल रेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको पद विभाजन हिजो भएको छ । रेडक्रस नुवाकोटका जिल्ला सदस्य दिनेश आचार्यका अनुसार आज सम्पन्न बैठकले उपाध्यक्षमा राजकुमार भटराई र निरञ्जन आचार्य मन्त्रिमा हरि श्रेष्ठ, उपमन्त्रीमा दुर्गा ढुंगेल र कोषाध्यक्षमा श्रीराम पाण्डे र उपकोषाध्यक्षमा सिता तामाङलाई जिम्मेवारी दिएको जिल्ला सदस्य दिनेश आचार्यले बताउनु भयो । यसअघि सम्पन्न अधिबेशनले सुरथवहादुर चित्रकारको अध्यक्षतामा नया समिति निर्वाचित गरेको थियो । रेडक्रस विधान अनुसार निर्वाचनमा अध्यक्ष र सदस्यमात्र निर्वाचन गर्ने र वैठकमा अध्यक्षले पद विभाजन गर्ने प्राबधान रहेको छ ।
– बैशाख ६, नुवाकोट लामो समयदेखी अस्थायी रुपमा अध्यापन गराउदै आएका शिक्षकहरुले पेशागत सुनिश्चितताको लागी अस्थायी शिक्षक संघर्ष समितिले आन्दोलन गर्दा राज्यले कुनै सुनुवाइ नगरेको भन्दै अस्थायी शिक्षक आन्दोलन संघर्ष समिति नुवाकोटले आपत्ति जनाएको छ । गत पौष ३ गतेदेखी हालसम्म निरन्तर काठमाण्डौको शान्तिवाटिकमा २४ घण्टे रीले अनसन बसी पेशागत विषयलाइ सदन सम्म पु¥याउदा पनि रँज्यले माग सम्बोधन गर्नुको सटृा शिक्षकहरुलाइ दमन गर्ने काम गरेकाले संघर्ष आन्दोलन समितिको ध्यानाकर्षण भएको जनाइएको छ । यसप्रति अस्थायी शिक्षक आन्दोलन समितिले गम्भिर आपत्ती प्रकट गर्दे विगतका सहमति कार्यान्यन गर्न माग समेत गरेको छ । यदि अव पनि मागहरुलाइ कार्यान्यन गर्ने काम राज्यले नगरे कडा संघर्षमा उत्रने चेतावनी दिएको अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष बासुदेव पनेरुले बताउनु भयो ।
बैशाख ६, नुवाकोट नुवाकोट जिल्लाका विभिन्न स्थानमा भएका बन अतिक्रमण नियन्त्रण गरिने भएको छ । हिजो बसेको जिल्ला बन समन्वय समितिको बैठकले अतिक्रमण भएका बन क्षेत्र खाली गर्ने निर्णय गरेको जिल्ला वन कार्यलय नुवाकोटका प्रमुख भरतबावु श्रेष्ठले बताउनु भयो । जिल्लामा विभिन्न ब्यक्ति तथा संघसंस्थाले विदुर नगरपालिका लगायत विभिन्न गाविसमा रहेका बन क्षेत्रहरु अतिक्रमण गरेको वन कार्यालयले जनाएको छ । वन अतिक्रमण गर्नेहरुलाई वन क्षेत्र खाली गर्न सुचना दिने र निर्धारित समयमा पनि खाली नगरिए वल प्रयोग गरेर भएपनि हटाउने बैठकले निर्णय गरेको समिति संयोजक एवं नुवाकोटका स्थानीय विकास अधिकारी गोपालप्रसाद रेग्मीले वैठकमा बताउनु भयो । विदुर नगर क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालय नुवाकोट अगाडि, विदुर नगरपालिका वडा नं ७ देविघाट लगायत स्थानमा नै बन अतिक्रमण गरिएको सहभागिहरुले बताएका थिए । समिति बैठकमा समितिका सदस्यहरु समेत रहेका जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
– बैशाख ६, नुवाकोट नुवाकोट जिल्लामा विद्यालय भर्ना अभियान सुरु भएको छ । अस्ति देखि ६१ गाविस र बिदुर नगरपालिकामा मुस्कानसहितको भर्ना अभियान सुरु भएको नुवाकोटका निमित्त जिल्ला शिक्षा अधिकारी धुव्र थापा ले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको तथ्याङ्कमा विद्यालय जाने उमेर पुगेर छुटेका दुई प्रतिशत बालबालिकालाई विद्यालयमा पठाउने लक्ष्य रहेको छ । सोहीअनुरुप शिक्षा कार्यालयले कर्मचारी परिचालन गरेर भर्ना अभियान सञ्चालन गरेको थापाले बताउनु भयो ।
बैशाख ६, नुवाकोट संविधान सभा सदस्य तथा नेपाली काँँग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले सरकारको कार्यतालीक(ा भित्र नै संविधान बन्ने बताउनु भएको छ । चन्द्रदेवी निमावि द्धारा नयाँ वर्ष २०७१ को शुभकामना आदान प्रदान गर्न आयोजित छिमेकी गाउहरुको क्लव स्तरीय भलिवल प्रतियोगीताको समापन कार्यक्रममा बोल्दै सभासद केसीले काँँग्रेशको मुख्य लक्षय सरकारले तोकेको २०७१ माग ८ गते भित्र संविधान जारी हुने दावी गर्नुभएको छ । केसीले संविधान सभामा सरकारले प्रस्तुत गरेको कार्यतालीका अनुसार संविधानका लागी संविधान सभा भित्र रहेका उपसमितिहरु क्रियाशिल भइसककेो बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेनबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेश जिल्ला कार्यसमितिका प्रवक्ता कृष्ण कुइकेल , जिल्ला समिति सदस्य राजु थापा, चन्द्रदेवी निमावीका प्रअ शान्ति लामा लगायतले मन्तव्य राख्नु भएको थियो । प्रतियोगीतामा बर्सन्चेत किम्ताङ र धादिङको सत्यदेवी गाविसका गरी ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगीतामा द राइजिङ मंगोलीयन युवा क्लवले चौथो भइ पाँँच हजार नगद पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी नवछितिजि युवा क्लव बर्सुन्चेतले तेस्रो स्थान हाँसिल गरी १० हजार प्राप्त गरेको छ । त्यसैगरी नयाँ युवा क्लव सत्यदेवी वी ले दोस्रो स्थान हाँसिल गरी १५ हजार रुयौया प्राप्त ग¥यो भने नयाँ युवा क्लव सत्यदेवी ए ले पहिलो स्थान हाँसिल गरी २० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
संगीत हाम्रो रोजाइ तपाईको
Time: 14:05-15:00
कार्यक्रम तालिका
समाचार
Advertisement