04:20:00 NST
नुवाकोटमा १ सय २५ सामुदायिक विद्यालय दरबन्दी विहीन । दरबन्दी विहीन विद्यालयलाई शिक्षक पाल्न सधैं समस्या ।

नुवाकोट २२

सरकारले विद्यालय स्थापना गर्न स्वीकृत दिने तर दरबन्दी नदिने सरकारी नियतबाट जिल्लाका दर्जर्नौ विद्यालय पीडित भएका छन् । बर्षौदेखि सरकारी दरवन्दी विना पनि सञ्चालन भईरहेका विद्यालयहरुलाई स्थानीय स्रोत जुटाएर शिक्षक राख्न आर्थिक रुपमा मुस्किल परिरहेको पाइएको छ ।
 

ब्राम्हयणी निमाविका प्रधानाध्यापक नवराज पाठकले  चारबर्ष अघि स्थापना भएको निम्नमाध्यामिक तहमा दरबन्दी नहुदा शिक्षकलाई तलब खुवाउन सबै हात थाप्न जाने पर्ने बाध्यता रहेको बताउनुभयो । तीन जना नीजि स्रोतमा नियुक्त शिक्षकको लागि मासिक २० हजार रुपैया तलब जुटाउन गाविसको कार्यालय, अभिभावक र अन्य दाताहरु खोज्नु पर्ने बाध्यता रहेको प्रधानाध्यापक पाठकले बताउनुभयो ।

यस्तो समस्या भोग्ने विद्यालयको संख्या नुवाकोटमा १ सय २५ वटा रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । १३ बर्षदेखि सरकारले दरवन्दी वितरण गरेको छैन । पछिल्लो पटक राहत कोटाको दरबन्दी ल्याए पनि यी विद्यालयले राहत कोटाको दरबन्दी समेत पाउन नसकेपछि समस्यामा परेका हुन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार दरबन्दी नभएको प्राथमिक विद्यालय ४१,  निमावि तहमा दरबन्दी नभएको विद्यालय ५१ र मावि तहमा दरबन्दी नभएको विद्यालय ३३ रहेको छ । दरबन्दी अभाव भएको विद्यालयको लागि विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालयबाट नभएको विद्यालयमा शिक्षक सरुवा गरेर दरबन्दी मिलानको प्रयास भईरहेको जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्कीले बताउनुभयो ।

 

लोक भाकाको फुलबारी
Time: 10:15-11:00
कार्यक्रम तालिका
समाचार
Advertisement