रिलायवल फाइनान्स, शुभलक्ष्मी फाइनान्स र कञ्जुमर डेभलपमेन्ट बैंक गाभिएर रिलायवल डेभलपमेन्ट बैंकको नामबाट हिजोदेखि एकीकृत कारोबार सुरु एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरी अनुसन्धान सुरु उच्च मावि शिक्षक एसोसिएसन (हिस्टान) नुवाकोटले एसोसियनले सरकारसामू राखेका मागहरु पूरा नगरे कक्षा ११ र १२ को परीक्षामा सहभागी नहुने जिल्ला अस्पताल त्रिशूलीले स्थापनाको लामो समयमा पनि आफ्नो सेवा सुधार गर्न नसकेको सरोकार समितिको आरोप ,अस्पतालको क्षमता विस्तार भएपनि जनशक्ति नभएकोमा चिन्ता, ऐतिहासिक तथा धार्मिक क्षेत्र देवीघाटमा चैत्र शुल्क पूर्णिमाको अवसरमा लाग्ने मेलाका अवसरमा नेवार समुदायका वालिकाहरुको सामुहिक वेलविवाह सम्पन्न, वन जंगलबाट निस्कने पातपतिंगर र वनमाराबाट चार कोल उत्पादन गरी रोजगार सिर्जना गर्ने जैविक उर्जा परियोजना नुवाकोटमा सुरु , कार्यक्रमले डढेंलो नियन्त्रण र वन गोलमेल कार्यक्रमलाई समेत टेवा पुग्ने ,
04:20:00 NST
जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदी बन्दी । ५० भन्दा बढी कैदी बन्दी कारागारको प्यासेजमा सुत्न बाध्य ।

नुवाकोट २१
जिल्ला कारागार नुवाकोटका क्षमता भन्दा दोब्बर कैदी बन्दी राखिएको कारण कैदी बन्दीलाई समस्या भएको छ । आधारभूत आवश्यकता पुरा गर्नको लागि समेत स्थान अभावले कैदी बन्दीलाई समस्या भएको हो ।
पुरुष बन्दी कक्षाको ५० र महिला कक्षाको २० जना क्षमता भएको जिल्ला कारागारमा अहिले १ सय ५० जना पुरुष र २५ जना महिला कैदी बन्दीहरु राखिएको छ । कैदी बन्दीको संख्या धेरै हुदा पानीको अभाव, शौचालय प्रयोगमा लगायतमा समस्या भएको छ ।
कैदी बन्दीको भीडले गर्दा धेरैलाई सुत्न समेत सास्ती भोग्नु परेको छ । ५० जना बन्दी कारागार भित्रको खुला प्यासेस, पिढीमा सुत्न बाध्य भएको जिल्ला कारागारका प्रमुख खगेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
कैदी बन्दीको क्षमता भन्दा बढी राखिएको कारण स्वास्थ्यमा पनि धेरै समस्या देखिएको छ । अहिले दैनिक ६ जना जति कैदीबन्दीहरु विरामी पर्ने गरेका छन् । धेरैलाई भाइरल ज्वरो आएको कारागारले जनाएको छ । गत बर्षदेखि जिल्ला कारागारमा स्वास्थ्य सहायकको दरबन्दी आएपछि विरामीहरुको सामान्य उपचार कारागारमै हुने गरेको छ । जटिल समस्या देखिएको विरामीलाई मात्र जिल्ला अस्पताल लाने गरिएको छ ।


 

बि.बि.सी नेपाली सेबा
Time: 20:45-21:15
कार्यक्रम तालिका
समाचार
Advertisement